यान्त्रिक व्यवस्थापन कार्यालय, पर्सा जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित यान्त्रिक उपकरण, भारी उपकरण तथा सवारी साधनहरूको सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारसम्बन्धी प्राविधिक सेवा प्रदान गर्ने प्राविधिक कार्यालय हो। यस कार्यालयको कार्यक्षेत्र तत्कालीन मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित जिल्लाहरूमा संचालनमा रहेका सिँचाइ आयोजना तथा व्यवस्थापन कार्यालयहरूको कार्यसम्पादनमा आवश्यक यान्त्रिक उपकरण, भारी उपकरण, तथा सवारी साधनहरूको मर्मत सम्भार, सञ्चालन, परिचालन, व्यवस्थापन तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ।